|

काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार वेष्ट इन्डिज जाने भएका छन्। 

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न सन्दीप भोलि वेष्ट इन्डिज जान लागेका हुन्।

कोरोना भाइरसको माहामारीको कारण ठप्प बनेको हवाई उडानको कारण सन्दीपले प्रतियोगिता गुमाउने प्रबल सम्भावना रहेको थियो। तर अन्तिम समयमा चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न जाने भएका हुन्। प्रतियोगितामा सहभागिता जनाउन सन्दीप बिहीबार ट्रिनिडाड एन्ड टोबेगो प्रस्थान गर्न लागेको सन्दीप लामिछानेका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।  उनी अमेरिका हुँदै खेल स्थान जाने छन्।

यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ। ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ।सन्दीप आबद्ध जमैकाको पहिलो खेल अगष्ट १९ मा रहेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.