|

रौतहट : रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयलाई ग्यास चुलो र सिलिण्डर बाड्ने क्रममा दोहोरो झडप भएको छ। यमुनामाई गाउँपालिका-५ झुनखुनुवाचोकमा धुवाँमुक्त अभियानअन्तर्गत ग्यास चुलो र सिलिण्डर बाड्ने क्रममा दोहोरो झडप भएको हो। 

झडपमा परेका २ जनाको अवस्था गम्भीर रहेको छ। बुधबार दिउसो ग्यास चुलो र सिलिण्डर बाड्ने क्रममा दोहोरो झडप हुँदा १५ जना घाइते भएको  सोही गाउँपालिकाका प्रवक्ता नन्दलाल यादवले जानकारी दिए। 
ग्यास चुलो वितरण गर्दागर्दै एक समूह आएर ग्यास चुलो हामीलाई पनि चाहियो भन्दै वाड नं. ५ का वडा अध्यक्ष रहमत आलम राकीको घरभित्रै पसेर आक्रमण गरेको प्रवक्ता यादवले बताएका छन्। 

ग्यास चुलो सबैलाइ बाड्नुपर्ने भन्दै आक्रमण गरेको उनले जानकारी दिएका छन्। १३ जना घाइतेहरुको गौरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्थामा रहेका  २ जनालाई भरतपुर पठाइएको प्रवक्ता यादवले बताए।
गम्भीर घाइते हुनेहरुमा खुसैद आलम र रवि खातुन रहेकी छिन्। अहिले घटनास्थलको अवस्था समान्य भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गाउँपालिकालाई धुवाँ मुक्त बनाउने लक्ष्य

यमुनामाई गाउँपालिकालाई धुवाँमुक्त गाउँपालिका बनाउने उदेश्यअनुसार ग्यास चुलो र सिलिण्डर बाड्ने कार्यक्रम राखेको प्रवक्ता यादवको भनाइ रहेको छ।  आर्थिक वर्ष ०७६/०७७ मा सो गाउँपालिकामा १ हजार ८ सय ७५ सेट ग्यास चुलो र सिलिण्डर बाड्ने योजना गाउँपालिकाको छ।

गत आर्थिक वर्षको समपूरक बजेटबाट दलित, विपन्न तथा गरिब परिवारलाईइ ग्यास चुलो र सिलिण्डर बाडने कार्यक्रमअनुसार वितरण गरिएको प्रवक्ता यादवले बताए। प्रवक्ता यादवले दिएको जानकारीअनुसार वडा नं. १ मा ४ सय, वडा नं. २ मा २५०, वडा नं. ३ मा ४ सय ५०,वडा नं. ४ मा ५ सय र वडा नं. ५ मा २ सय २५ घरपरिवारलाई ग्यास चुलो र सिलिण्डर बाडिनेछ। हिजो मंगलबार वडा नं. ४ मा वितरण गरिएको र आउँदो २० गतेभित्र वितरण कार्य सक्ने गाउँपालिकाको योजना रहेको उनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.