खेलकुद

काग्लियारीसँग युभेन्टस पराजित

साउन १५, २०७७

    काठमाडौं : इटलियन सिरी ए लिग विजेता युभेन्टस १३ औँ स्थानको काग्लियारीसँग पराजित भएको छ। 

    गएराति घरेलु मैदानमा भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २–० गोलले पराजित गर्यो। उसको जितमा लुका गाग्लिआनो र जिओभानी सिमेओनले १–१ गोल गरे। 

    पराजयसँगै युरोपेली फुटबलमा सबैभन्दा बढी गोल गर्ने क्रिस्टियानो रोनाल्डोको लक्ष्य भने टुटेको छ। लिगको ३७ औँ खेलमा काग्लियारीसँग पराजय भोगे पनि युभेन्टस् दुई खेल अगावै विजेता बनेको थियो। उसको ८३ अंक छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको ७९ अंक छ। युभेन्टसलाई पराजित गरेको काग्लीअरीको ४५ अंक पुगेको छ। 

    गएरातिको अन्य खेलमा मिलानले साम्प्दोरिया, लाजियोले ब्रेसिया तथा रोमाले टोरिनोलाई पराजित गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]