|

बागलुङ : कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न बागलुङका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको जैमिनी नगरपालिका ५२ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। 

उनी कोरोनाका बिरामीको व्यवस्थापनमा सक्रिय थिए। जैमिनी नगरपालिकाले केही दिन पहिला उनीसँगै नगर कार्यपालिकाको कार्यालयमा काम गर्ने अन्य कर्मचारीको समेत स्वाब पठाएको थियो। 

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीसहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। यस्तै बागलुङ नगरपालिकाका एक, काठेखोला गाउँपालिकाका दुई र बडिगाड गाउँपालिकाका दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.