|

काठमाडौं : नेपाल प्रहरीको मुख्यालयमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै हेडक्वाटरमा संक्रमित हुनेको संख्या ७२ पुगेको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी मुख्यालयमा कोरोना संक्रमितको सख्या ७२ पुगेको हो।

हिजोसम्म ५४ जना संक्रमित थिए भने बिहीबार राति १८ जना थपिएका हुन्। यो सँगै देशभर कोरोनाबाट संक्रमित प्रहरीको संख्या २ सय ५० पुगेको छ। ती मध्ये १०१ जना ठिक भइसकेको कडायतले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.