|

काठमाडौं :  लोक तथा दोहोरी गीत गायक बुद्धिसागर बस्यालले आफ्नो पहिलो तीज गीत ‘चस्मा लाएर’ सार्वजनिक गरेका छन्। बस्यालको शब्द तथा स्वर रहेको गीतमा सत्कर्मको संगीत रहेको छ।

१४ बर्ष क्यानडा बसेर नेपाल आएका गायक बस्यालले ‘बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढिको करकर’ जस्ता शब्दहरु प्रयोग गरी गीत सिर्जना गरेका हुन्।

 


 

विवेक खड्काले निर्देशन गरेको यस गीतको भिडियोमा किस्मत भण्डारी, उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतको अभिनय रहेको छ।

 ‘बाजेका पालामा मोहोरपाथी नुन’, ‘डाँफे नाचेर’, ‘छमछम पाउजुले’, ‘मुरलीको धुन’ लगाएतका लोकप्रिय गीतले चर्चित बनेका बस्यालले लामो समयपछि गीत बजारमा ल्याएका हुन्।

 

 


 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.