|
फाइल फोटो

काठमाडौं : नेपालमा पहिलो पटक एकै दिन सबैभन्दा धेरैको कोरोना परीक्षण भएको छ। सरकारले पछिल्लो २४ घण्टामा पहिलो पटक १० हजारभन्दा धेरैको पिसिआर परिक्षण गरेको हो।

२४ घन्टायता १० हजार सात सय ६८ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङ जानकारी दिए। पिसिआर परीक्षण गर्न थालेयता पछिल्लो २४ घण्टाको संख्या सबैभन्दा धेरै हो।  

सरकारले लकडाउन हटाएसँगै जोखिम बढेको बताइरहँदा पिसिआर परीक्षणको दायरा पनि बढाइएको जनाएको छ।  यसअघि सरकारले सबैभन्दा धेरै सात हजार जनाको पिसिआर परीक्षण गरेको थियो।  

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहीबारदेखि परीक्षणको दायरा बढेर १० हजार पुग्‍ने बताएका थिए। मन्त्रालयले आज सबैभन्दा धेरैको परीक्षण गरेको हो। सरकारले देशभर २८ वटा पिसिआर प्रयोगशाला स्थापना गरेको छ। केहीमा किट तथा रिएजेन्ट सकिएकाले हाल दैनिक २० वटा प्रयोगशालामा पिसिआर परीक्षण गराउँदै आइरहेको छ। पछिल्लो परीक्षण तिनै २० वटा प्रयोगशालामा गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.