|

धनगढी : सरकारले विद्यालयमा रहेका क्‍वारेन्टाइन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेपछि स्थानीय युवाले छुट्टै क्‍वारेन्टाइन स्थापना गरेका छन्। धनगढी उपमहानगरपालिका–११ मा साउन ३ गते भारतबाट आएका ५ जनालाई राख्न समस्या भएपछि दक्षिणकाली टोल विकास समितिले टोलको छुट्टै घरमा क्‍वारेन्टाइन स्थापना गरेको थियो। त्यहाँ बसेका ५ मध्ये ४ जनालाई बिहीबार कोरोना देखिएको थियो। 

उनीहरुमा लक्षण भने देखिएको छैन। क्‍वारेन्टाइनमा बसिरहेका, पुनः परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि वडाअध्यक्ष र स्वास्थ्यकर्मीको सल्लाहमा घर पठाइने टोल विकास समिति अध्यक्ष चक्रमणि भट्टले जानकारी दिए। 

क्‍वारेन्टाइनमा विद्युत्, पंखा, झुल, साबुन, खानेपानीको राम्रो प्रबन्ध मिलाइएको उपमहानगर–११ का वडाध्यक्ष गंगाराम रानाले बताए। यस्तै क्‍वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि खाना र कपडा उनीहरुकै घरबाट ल्याउने गरिएको भट्टले बताए। 

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय भवन परिसरलाई क्‍वारेन्टाइन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय गरेको थियो। सरकारले शैक्षिक सत्र २०७७÷७८ को विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.