पर्सा : पर्सामा ‘सेवाको कर्म’ भनी संचालनमा आएका अधिकांश एम्बुलेन्स कोरोना संकटका बेला हराएका छन्। बिरामी बोक्न लुछाछुँडी गर्ने एम्बुलेन्स वीरगन्जमा यति बेला पाउन मुस्किल छ।
विगतमा नेपाली र धेरैजसो भारतीय नम्बरका एम्बुलेन्स यहाँका हरेक अस्पताल अगाडि ताँती लगाएर राखिएका हुन्थे। तर अहिले भने त्यस्तो दृश्य पाइँदैन। नेपाली नम्बरका एम्बुलेन्स पनि यतिबेला खोज्दासमेत पाइँदैन।
भारतीय एम्बुलेन्स पनि सबै भारतीय नागरिकका मात्र थिएनन्। कतिपय नेपालीहरुले पनि आफ्नै नाममा त कतिले उताका आफन्तका नाममा खरिद गरी आम्दानी गरिरहेका हुन्थे।अहिले कोरोना संकटका समयमा भने सेवा गर्नुपर्ने एम्बुलेन्स थन्क्याइएका छन्। यसले पनि आर्थिक नगरीमा अर्थकै लागि मात्र मानिसले जे पनि गर्न पछि पर्दैन आम मानिसमा पर्न गएको छ।
चहार्दा पनि नपाएपछि प्रहरीकै गाडी प्रयोग
सुत्केरी व्यथा लागेका महिलाका लागि पनि प्रहरीकै गाडी पठाउनुपर्ने बाध्यता यतिबेला देखिएको छ। पहिले मनलाग्दी चलाएका एम्बुलेन्स अभाव हुन थालेपछि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ।
पछिल्लो समयमा बिना चालकको एम्बुलेन्स भने पाउन सुरु भयो। प्रहरीलाई नै एम्बुलेन्स पनि चलाऊ भनी कतितिर खटाउने भन्ने तनाव छ। ‘चालक एम्बुलेन्स चलाउन तयार छैनन्’, पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्।
एम्बुलेन्स नपाएर छट्पटाउँदै बिरामी
तीन चार दिनअघि वीरगन्जमा मृत्यु भएका आदर्श नगरका ६५ वर्षीय पुरुष पनि एम्बुलेन्स कुर्दैकुर्दै बितेका थिए। परिवारका अनुसार ४÷५ घण्टा ढिला गरी अस्पताल पुग्दा उनको मृत्यु भएको थियो। समयमा अस्पताल पु¥याउन पाए बाँच्थेकी भन्ने आशा अझै जीवित भएको परिवारका सदस्य बताउँछन्।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान पनि एम्बुलेन्स अभावमा ठूलो समस्या थपिएको बताउँछन्। यो कुरा स्थानीय अगुवाहरुले प्रदेश २ सरकारका मुख्य मन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर शाहसम्म नपु¥याएका पनि होइनन्। तर एम्बुलेन्स अभावको समस्या उस्तै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।