बाराका एक र रौतहटका दुईजनामा कोरोना पुष्टि

|

पर्सा : पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्।

यस्तै, बाराका एक र रौतहटका दुई संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदनकुमार जानकारी दिए।  संक्रमितहरु १५ देखि ६८ वर्ष समूहका रहेको डा. उपाध्यायले बताए। संक्रमितमध्ये तीनजना महिला हुन्।

पर्साका संक्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर १, ३, ६, ७, १०, १२, १६, २३ २५ का रहेकानारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकका डा. निरज सिंहले जानकारी दिए। ती वडामा पनि बढी संक्रमित वडा नम्बर ६ माईस्थान आसपासका रहेको पाइएको छ। 

नारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकका डा. निरज सिंहका अनुसार संक्रमितमध्ये केहीमा लक्षण पनि देखिएको छ। कोभिड अस्पतालको आइसोलेसन यसअघि नै भरिएकाले नयाँ संक्रमितहरुलाई राख्ने ठाउँ नभएको डा. सिंहले बताए। लक्षण नदेखिएका संक्रमितलाई भने होम आइसोलेसनमा नै राख्ने तयारी भइरहेको नारायणी अस्पतालले जनाएको छ।

तर, होम आइसोलेसनमा राखिएका संक्रमितहरु घरबाहिर हिँड्ने, नजिकका पसलहरुमा पनि जाने र छिमेकीहरुलाई आफू संक्रमित नभएको झुटो कुरा भन्दै बाहिर निस्किदिने गर्नाले समुदायमा अझ कोरोनाको जोखिम बढ्ने सम्भावना रहेको स्थानीयको गुनासो छ। यस्तै, नारायणी अस्पतालको क्वार्टरभित्रका केही संक्रमितले पनि अटेर गरी बाहिर निस्किदिंदा अस्पतालको क्वाटरमा बस्दै आएका अन्यमा समेत संक्रमण सर्ने खतरा बढेर गएको संक्रमित नभएकाहरुको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.