|

मुगु : २० लाख रुपैयाँ नगदसहित मुगुमा एक ठेकेदार बेपत्ता भएका छन्‌।

जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगूम कार्मारोङ गाउँपालिका वडा-२, मुगु गाउँका २८ वर्षीय ठेकेदार टासी तामाङ २० लाख रुपैयाँसहित ४ दिनदेखि बेपत्ता भएका हुन्‌।

तामाङले गत मंगलबार पुलुस्थित राष्ट्रिय वाणिज्य बैंकबाट कोइकी पर्यटकीय पदमार्ग निर्माणबापतको रकम भुक्तानी लिएका थिए। बैंकबाट रकम लिएर गाउँ फर्कने क्रममा उनी बेपत्ता भएका हुन्‌।​

तामाङ साउन १३ गते राति उनी चितैकुनाको एक होटलमा बास बसेका थिए। त्यही रात स्थानीयसँग उनको झगडा परेको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेपत्ताको खोजी गर्न पुलु प्रहरी चौकीको टोली परिचालित भएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले जानकारी दिएका छन्‌।

कोइकी पर्यटकीय पदमार्ग निर्माणको जिम्मा टासीका दाजु उर्गिन तामाङले लिएका लिएका छन्। मजदुरलाई वितरण गर्न तामाङले बैंकबाट रकम भुक्तानी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सदरमुकाम गमगढीबाट मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्र पुलु झन्डै पुग्न झण्डै एकदिन पैदल हिँड्नुपर्छ। प्रहरीका अनुसार अविरल वर्षा जारी रहेकाले बेपत्ताको खोजीमा समस्या भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.