|

काठमाडौं : प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सरकारी निवासका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सापकोटासहित सभामुख निवासमा कार्यरत कर्मचारीहरूको स्वाब संकलन गरिएको छ। 

लकडाउन खुकुलो पारेपछि पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। सरकारी निवास र कार्यालयमा कार्यरत कर्मचारी, प्रहरी, हजाम र सवारी चालकहरूमा संक्रमण बढी देखिएको छ। सिंहदरबारभित्र खटिएका दुई जना ट्राफिक प्रहरीसहित शुक्रबार काठमाडौंमा ३७ जना नयाँ संक्रमित थपिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.