समाज

समिति नै बनाएर ल्यान्ड फिल्ड साइडको विरोधमा उत्रिए स्थानीय

साउन १७, २०७७

    भद्रपुर : फोहोर मैला व्यवस्थापनका लागि मेचीनगर नगरपालिकाले बनाउन लागेको ल्यान्ड फिल्ड साइडको योजनाप्रति स्थानीयवासी विरोधमा उत्रिएका छन्। 

    उर्वर भूमि रहेको मेचीनगर – ८ स्थित आदर्श माविको जग्गामा कृषि विश्वविद्यालय निर्माण गर्नुपर्नेमा नगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि ल्यान्ड फिल्ड साइड निर्माण गर्न लागेको भन्दै त्यहाँ सङ्गठित स्थानीय विरोधमा उत्रिएका हुन्।
     
    विरोधमा उत्रिएका मेचीनगर वडा नम्बर ३, ५, ८ र बुद्वशान्ति गाउँपालिका वडा नम्बर– ५ का स्थानीयहरुले सेनेटरी ल्यान्ड फिल्ड साइड सङ्घर्ष समिति समेत गठन गरेका छन्। गठित समितिले शनिवार मेचीनगर–३ स्थित निन्दा घाटको मलामी विश्रामलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाको कामप्रति विरोध जनाएका हुन्। 

    सङ्घर्ष समितिका संयोजक एनु भट्टराई, सह–संयोजक नारायण गिरी, सदस्यहरू कमला गिरी, विष्णुलाल गिरी, पवन मेचे, रामकान्त चौधरी लगायतले मानव वस्तिलाई नै असर गर्ने गरी नगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्न लागेकोमा आपत्ति जनाएका छन्। 

    ‘आदर्श माविको जमिन कृषिको उर्वर भूमि हो, यहाँ कृषि क्षेत्रमा आधारित योजना निर्माण गर्नुपर्छ,’ संर्घष समितिका संयोजक भट्टराईले भने, ‘हामी विकास विरोधी होइनौँ’, कृषि क्षेत्रको विकासमा नगरपालिकालाई स्वागत गछौँ। तर, मानव स्वास्थ्यलाई नै असर पर्ने गरी यहाँ फोहोर मैला थुपार्न खोजियो भने त्यसको प्रतिकारमा हामी उत्रिन्छौ।’  ‘फोहोर मैला व्यवस्थापनका लागि नगरपालिकाले उचित स्थान खोज्नु पर्छ, समितिका सह–संयोजक नारायण गिरीले भने, ‘वातावरणलाई नै प्रदूषण पार्ने खालको योजनाले मानव जातलाई सखाप बनाउँछ।’ 

    मेचीनगरले नगरपालिकाभित्र ल्यान्ड फिल्ड साइड निर्माणका लागि दातृ निकायबाट ३ करोड रुपैयाँ आइसकेको जानकारी दिएको छ। उक्त योजना सम्पन्न गर्न १३ करोड रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]