|

कैलाली : सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य अम्बिका थापा सडक दुर्घटनामा परेर घाइते भएकी छन्। धनगढी–८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटनामा परेकी हुन्। बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो। 

मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौं लगिन थालिएको छ। 

उनको टाउकोमा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। प्रदेशसभा सदस्य थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिकबाट निर्वाचित सांसद हुन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.