|

रौतहट : विजयपुर नगरपालिकामा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन्। बिहीबार बाराको पथलैयामा अलपत्र २१ वर्षीया  युवतीलाई घर लगिदिने बहानामा विजयपुर नगरपालिकाको बैरगनिया चोकमा ट्रकमा रहेकाले सामूहिक बलात्कार गरेका थिए  गरेका थिए। 

फतुवा विजयपुर नगरपालिकाको सितलपुर बैरगनिया चोकमा ना२ख ६७४६ नम्बरको ट्रकमा बलात्कार भएको सूचना प्रहरीले पाएपछि घटनास्थलबाटै उनीहरुलाई समातेको हो । 
इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले यसबारे जानकारी दिएका हुन्।

बिहीबार राति गाडीभित्रै बलात्कार गर्ने क्रममा तीनै जनाबीच विवाद उत्पन्न भएर हल्ला भएको र युवती चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीमा खबर गरेका थिए। सोही आधारमा आफू घटनास्थल पुगेको प्रहरी निरीक्षक साहले बताए।

सो ट्रक चितवनको गैँडाटारबाट भुस लिन बरगिनियाचौक आएको थियो। पक्राउ पर्नेहरुमा तनहुँ व्यास नगरपालिका वडा १ का ट्रक चालक वर्ष २९ का विष्णु प्रसाद रानाभाट, सोही ठाउँका सहचालक द्वय वर्ष १८ का विनोद रानाभाट र १९ वर्षका केशर मगर रहेका प्रहरी निरीक्षक साहले जानकारी दिएका छन्। 

पीडित युवतीलाई महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको छ । शुक्रबार साँझ उनको स्वास्थ परीक्षण गरी आरोपी तीनै जना उपर जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। ट्रकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.