|

स्याङ्जा : कोरोना महामारीको कारण विद्यालय बन्द रहेकाले विद्यार्थीहरु फुर्सदिला बनेका छन्। तिनै फुर्सदिलो विद्यार्थीलाइ लक्षित गर्दै आँधिखोला गाउँपालिकाले निःशुल्क एभोकाडोको विरुवा वितरण गरेको छ।
 

१८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका दुई हजार  विद्यार्थीलाइ दश हजार ७०० वटा विरुवा वितरण गरिएको हो। बाँझो जमिनको सदुपयोग गर्दै विद्यार्थीलाइ भूगोलको महत्त्व बुझाउन यो कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बताए। 

गाउँपालिकाले विद्यार्थीलाई एभोकाडो कसरी लगाउने? उत्पादन वृद्धि कसरी गर्नेबारे प्रशिक्षण दिइएको थियो। कक्षा १० मा अध्यानरत सुस्मिता ढकाल भन्छिन्, ‘खाली भएको समय करेसाबारीमा दिने हो भने केही वर्षमा आफ्नो पढाइ खर्च कमाउन सकिने रहेछ।’

पचास वर्षसम्म उत्पादन दिने एउटा बोटमा वार्षिक २०० किलोसम्म फल लाग्ने गर्दछ। समुन्द्री सतहबाट ४०० देखि एक हजार ७०० मिटर उचाइको पहाडी भूगोलमा यो विरुवा लगाउन सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.