समाज

उदयपुर बेलकामा प्रहरी र प्रदर्शनकारीबीच झडप, केही घाइते

साउन १८, २०७७

    उदयपुर : कोरोना उच्च जोखिम रहेको उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नगरपालिका तनावग्रस्त बनेको छ। स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी र अनियमितता गरेको भन्दै नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले नगरपालिका घेराउ गरेर प्रदर्शन गरेपछि झडप भएको हो।  

    प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक नवीन सिंहले बताए। प्रहरी निरीक्षक सिंहका अनुसार झडपका क्रममा एक जना प्रहरी र ६–७ जना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरुको टाउको र खुट्टामा चोट लागेको छ।

    उक्त झडपमा सत्तारुढ नेकपाका कार्यकर्तासमेत भएकाले मुठभेट भएको स्थानीय भरत घिमिरेले बताए। सयाैंको संख्यामा विपक्ष दलका कार्यकर्ताले नगरपालिका अगाडि प्रदर्शन गरिरहेका थिए। 

    केही दिनअघि नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा मनलाग्दी र भ्रष्टाचार बढेको भन्दै राजीनामा घोषणा गरेपछि विपक्षी कांग्रेससहित विभिन्न दल आन्दोलित बनेका छन्। 

    पछिल्लो समय बेलकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ। ३ दिन पहिले मात्र २ जना नगरका व्यवसायीलाई कोरोना लागेपछि नगरपालिकाले बजार पसल बन्द गराएको छ। सो नगरपालिकामा २४ जना कोरोना संक्रमित रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]