|
फाइल फोटो

काठमाडाैं  : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न वसन्तपुर पुगेका छन्। 

पौडेलसहित कांग्रेस नेताहरू अनशनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न वसन्तपुर पुगेका हुन्। क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै १६ दिनदेखि अनसनमा बसेका अभियन्ताहरुलाई भेटेर नेताहरुले स्वास्थ्यलाभको कामना गरे।

सामान्य तर जनताका अति आवश्यक मागहरु राखेर अनसनमा बसेका युवाहरूका कुरा नसुन्नु सरकारको अटेरीपन भएको पौडेलले बताए। अनसनरत युवाहरूका मागहरूप्रति सरकारले बेवास्ता गर्नु सरकारको चरम लापरबाही भएको पौडेलको भनाइ छ। 

नेता पौडेलले देशको समस्याको मुख्य जड भ्रष्ट, कमिसनतन्त्र र भ्रष्टाचारतन्त्रलाई उखेल्न सबै मिलेर कडा संघर्ष गर्नुपर्ने बताए। अनशनरत युवाहरुलाई यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले पनि युवाहरुलाई भेटेर ऐक्यबद्धता जनाएका थिए।

शतप्रतिशत पिसिआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरूसँग सरकारले असार २३ गते लिखित सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि अभियानकर्मीहरू फेरि अनशनमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.