नागढुंगामा स्वाब दिएपछि तीन दिनसम्म ट्याम्पो चलाए

|

काठमाडौं : राजधानी उपत्यकामा सफा ट्याम्पो चलाउने एकजना चालकलाई पनि कोरोना भाइरस (कोभिड-१९)  पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ल्याबमा गरिएको परीक्षणमा एकजना पुरुष ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताएका छन्।

उपत्यका बाहिरबाट आएका ४८ वर्षीय ती चालकले उपत्यका छिर्नुअघि नागढुंगा नाकामा स्वाब दिएपछि तीन दिन ट्याम्पो चलाएको खुलेको छ। संक्रमण पुष्टि भएपछि ट्याम्पो चलाउँदा चलाउँदै अस्पताल लगेर आइसोलेसनमा राखिएको सिटौलाले जानकारी दिएका छन्। 

सरकारलाई प्रतिपक्षी र व्यवसायीले सवारी साधन चलाउन पाउनु पर्ने भन्दै व्यापक दवाव दिएपछि असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति दिएको थियो। साउन ७ गतेदेखि जोर-बिजोर प्रणाली खारेज गरिएको थियो।

सरकारले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सन्चालनमा ल्याउने निर्णय गरिसकेको छ। राजधानीमा जोर-बिजोर प्रणाली हटेसँगै सार्वजनिक सवारीको चाप बढेको छ। यस्तोमा ट्याम्पो चालकलाई संक्रमण देखिएपछि यात्रुले पनि सजग हुने अवस्था आएको छ। 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.