समाज

बिर्तामोडमा आइतबार रातिदेखि पुनः अनिश्चितकालीन लकडाउन

साउन १८, २०७७

    भद्रपुर : झापाको बिर्तामोडमा पुनः अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरिएको छ। जिल्लाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगर क्षेत्रमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै बिर्तामोड नगरपालिकाले अनिश्चितकालीन लकडाउनको निर्णय गरेको हो।

    बाह्रदशीका एक संक्रमित केहीदेखि अघि बिर्तामोड आएको र बिर्तामोडका एक महिला प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाभित्र कोरोनाको जोखिम बढेकोले लकडाउन गर्ने निर्णय गरेको हो। 

    आइतबार राति १२ बजेदेखि लागु हुने गरी लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ। 

    आइतबार नगरपालिकामा बसेको सर्वपक्षीय आकस्मिक बैठकले स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरू पूर्ण बन्द गर्ने, लामो दूरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सीधै गन्तव्यतर्फ जान दिने निर्णय भएको छ। त्यसै गरी अति आवश्यक खाद्यलगायतका ढुवानी गर्ने साधनलाई चल्न दिइने भएको छ। त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिनुपर्ने नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए। 

    बिर्तामोडमा संक्रमितसँगको ट्रेसिङ र टेस्टिङ गर्न अर्को सूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुने उनले बताए। यस्तै निजी तथा सार्वजनिक सवारी साधनलाई नगर क्षेत्रमा पूर्ण रुपमा निषेध गरिने उनको भनाइ छ। 

    यसैबीच नगर क्षेत्रभित्र बिहान ८ बजेदेखि ११ बजेसम्म भने खाद्यान्न, दूध, तरकारी लगायतका पसलहरू सञ्चालन गर्न दिइने जनाइएको छ। कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिँदै गएको भन्दै नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गर्नुपरेको नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]