|

पर्वत : हिन्दुहरूको धार्मिक तथा सांस्कृतिक पर्व जनै पूर्णिमामा बिदा नदिएको भन्दै आलोचना भोग्दै आएको गण्डकी प्रदेश सरकारले यस बर्षबाट भने बिदा दिन सुरु गरेको छ। प्रदेश सरकारले बिदा नदिएपछि गएका दुई वर्षमा प्रदेशका विभिन्न स्थानीय तहहरूले नै बिदाको घोषणा गर्दै आएका थिए।

बिदा नदिएका ठाउँका कार्यालयहरू जनै पूर्णिमाको दिनमा खुलिरहेका हुन्थे भने विद्यार्थीहरू पनि विद्यालय जाने गर्दथे। प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तमु ल्होसार बिदा दिने गरेको तर जनै पूर्णिमा बिदा नदिएर प्रदेशमा रहेका सबै जातजातिको पक्षमा काम नगरेको भन्दै विरोध र आलोचना हुँदै आएपछि गत चैत २२ गते प्रकाशित भएको प्रदेश राजपत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशन गरेर जनै पूर्णिमामा बिदा दिने बताएको थियो।

यसअघि प्रदेशको बिदा सङ्घले नमान्ने र स्थानीय तहको बिदा सङ्घ र प्रदेशले दुवैले नमान्ने अवस्था रहेको थियो। यही कारण गएका वर्षमा जनै पूर्णिमाका दिनमा स्थानीय तहले बिदा दिएको घोषणा गरेका भए पनि प्रदेश र सङ्घअन्तर्गत रहेका कार्यालयहरू खुल्ने गरेका थिए।  

प्रदेश सरकारलाई आफ्नो प्रदेशका महत्त्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक उत्सव र पर्वमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने अधिकार छ। तर, गण्डकी प्रदेश सरकारले भने हिन्दु बाहुल्य गण्डकी प्रदेशमा जनै पूर्णिमामा बिदा नदिँदा सामाजिक सञ्जालमा गण्डकी सरकारप्रति असन्तुष्टिहरू देखिने गरेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.