एक भारतीय, ३ जना बाराका र बाँकी सबै पर्साकै

|

पर्सा : आइतबार पर्साको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणबाट कोरोनाका ३८ नयाँ संक्रमित थपिएका हुन्। संक्रमितमध्ये एक भारतीय र ३ बारा जिल्लाबाहेक सबै पर्साकै संक्रमित रहेको पाइएको हो। 

एक जना नेपाली सेना, एक प्रहरी रहेका अस्पतालले जनाएको छ। आइतबार साँझ ६ बजेसम्ममा आएको परीक्षण रिपोर्टअनुसार सबैभन्दा धेरै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका २७ जना रहेका कोभिड अस्पताल गण्डकका इन्चार्ज डा निरज सिंहले बताए।  

नयाँ थपिएका ३४ संक्रमितसहित पर्सामा मात्र अहिलेसम्म कुल ५ सय ३७ संक्रमित भएका छन्। आइतबार बिहान पनि पर्सामा ४५ जना नयाँ संक्रमित थपिएका थिए। योसहित एकै दिन आएको तथ्यांकमा पर्सामा मात्र कुल ७८ जना संक्रमित पुगेको डा सिंहले बताए। 

थपिएका संक्रमितहरुमा ३ जना महिला छन् भने बाँकी सबै पुरुष रहेका नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए।  अधिकांश संक्रमित मास ट्रेसिङ्गका क्रममा फेला परेका हुन्। केही भने स्वयं कोरोना परीक्षण गराउन आएका पनि रहेका छन्। 

पर्सामा ७ जनाले जिते कोरोना

कोभिड अस्पताल गण्डकबाट आइतबार ७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। पर्सामा मात्र २४ घण्टामा ७८ संक्रमित थपिए डिस्चार्ज हुनेको संख्या भने त्यसको तुलनामा निकै कम हो। डिस्चार्ज हुनेहरुमा ३ जना महिलासहित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.