समाज

साउनको सोमबार महादेव गुफामा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

साउन १९, २०७७

    उदयपुर : उदयपुरको कटारी नगरपालिका ३ स्थित ताराघारी महादेव गुफामा हरेक वर्ष जस्तै यस पटक पनि साउनको सोमबार कोरोना कहरबीच  दर्शनार्थीको भीड उस्तै छ।

    धार्मिक आस्थाको रुपमा रहेको मिनीहलेसीले परिचित तारघारी महादेव गुफा अहिले झकिझकाउ छ।  छिमेकी जिल्ला सिरहा, सप्तरी, धनुषा,सिन्धुलीदेखि दर्शन गर्न आउने गरेका छन्। गुफाको एकातिर हिन्दु धर्मप्रति आस्था राख्नेहरु पूजा पाठ गरिरहेका देखिन्छन्।

    ताराघारी महादेव गुफामा दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने, निःसन्तानलाई सन्तान मिल्ने, चितायको मनोकामना पूरा हुने जनविश्वास रहेको गुफा व्‍यवस्थापन समिति अध्यक्ष रत्न सुनुवारले बताए।

    यो बर्ष कोरोनाको कारण गुफा ब्यबस्थापन समितिले प्रचार( प्रसार नगरे पनी बर्षातको समयमा समेत स्वस्फूर्त पूजा आराधाना गर्न दर्शनार्थीहरु आएको उनले बताए।

विजय कार्की

कार्की थाहाखबरका उदयपुर जिल्ला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]