|

जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति आएको रिपोर्टअनुसार एक अधिकृत, २ सवारी चालक र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो।

मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक आतिश मिश्रका अनुसार चार जनामा कोरोना पुष्टि भएपछि उनीहरुको संम्पर्कमा बसेकाको आजै स्याब संकलन गरिएको छ। 

कोरोना रिपोर्ट पोजेटिभ आएका सवारी चालक मुख्यमन्त्री कार्यालयकै सचिवको गाडी चलाउँदै आएका छन्। मुख्यमन्त्री कार्यालयकै कर्मचारीमा कोरोना पुष्टि भएपछि मधेस भवनमा विशेष सतर्कता अपनाइएको छ। 

यसअघि सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ। जनकपुरमा पछिल्लो समय तीव्र गतिमा कोरोना संक्रमण फैलिँदै गएको छ। जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोक्न आज मध्यराताट सात दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.