सातजना नर्स र दुईजना डाक्टरलाई पनि संक्रमण

|

धनुषा : प्रदेश २ मा कोरोना तीव्र गतिमा फैलिँदै गएको छ। सोमबार मात्रै प्रदेश २ मा १०३ जना नयाँ संक्रमित थपिएका छन्। जसमा सबैभन्दा धेरै पर्सामा मात्रै ३८ जना नयाँ संक्रमित भेटिएका छन्।

त्यसपछि धनुषा र महोत्तरीमा ३० जना नयाँ संक्रमित भेटिएका सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन्।

प्रदेश २ कोरोना परीक्षण ल्याबकै प्राविधिक पनि संक्रमित भएका छन्। कोरोना परीक्षण गरिने जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकै प्राविधिकमा पनि कोरोना संक्रमण पाइएको हो। स्रोतका अनुसार प्रयोगशालाका प्राविधिकसहित ७ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै प्रादेशिक अस्पताल जनकपुरका सातजना नर्स र २ डाक्टरसहित १८ जनामा कोरोना पुष्टि भएको छ। ग्लोबल आइएमई बैंक जनकपुरका तीनजना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ। 

आइतवार राति आएको पिसिआर परीक्षणको रिपोर्ट अनुसार प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का एक अधिकृत, एक सवारी चालक र दुई कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.