|

काठमाडौं : लगानी बोर्डको सिईओमा सुशील भट्ट नियुक्त भएका छन्। सोमबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो। 

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन्। उनीसँग बैंकिङ क्षेत्रको अनुभवदेखि योजना आयोगको पनि अनुभव छ।

लगानी बोर्डको सीईओ नियुक्तिको प्रस्ताव अघिल्लो मन्त्रिपरिषद् बैठकमा गरिए पनि निर्णय हुन सकेको थिएन।

अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो। यी तीनबाट मन्त्रिपरिषद्ले भट्टलाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.