|

काठमाडौं : स्वास्थ्य मन्त्रालयका कार्यरत कर्मचारीको श्रीमतीमा कोरोना पुष्टि भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा उक्त ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीको श्रीमतीमा कोरोना पुष्टि भएको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए। उनका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। पाँचमध्ये १ जना स्वास्थ्य मन्त्रालयका कर्मचारी रहेका मिजारले थाहाखबरलाई बताए।

उनले भने,' केही दिनअघि उनीहरु वीरगञ्जबाट आएका थिए। वीरगञ्ज कोरोना संक्रमित क्षेत्र भएकोले उतै कोरोना लागेको हुन सक्छ।' संक्रमित महिलाका पति अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन्। कर्मचारी स्वास्थ्य मन्त्रालय गएका थिए, थिएनन् त्यस विषयमा अनुसन्धान भइरहेको मिजारले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.