|

लमजुङ : जिल्ला प्रहरी कार्यलय लमजुङले बोक्सीको आरोप लगाएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ।  

मर्स्याङ्दी गाउँपालिका ८ वस्ने २८ वर्षीया विष्णुमाया तामाङलाई बोक्सीको आरोप लगाएको अभियोगमा पिडित तामाङका ससुरा ६५ वर्षीय गोरेबहादुर तामाङ, सासु ६२ वर्षीया कौरी माया तामाङ, जेठानी आशकुमारी तामाङ र स्याङजा भिरकोट नगरपालिका ९ वस्ने धामी काम गर्ने रामप्रसाद गुरुङलाई प्रहरी पक्राउ गरेको हो।

आरोपी तामाङको जाहेरीको आधारमा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी नियन्त्रणमा लिएका चारै जनालाई लमजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरिक्षक ओमप्रकाश पुनले वताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.