|

काठमाडौं :  रुपन्देहीको देवदहमा आफ्नै शरीरमा आगो लगाएका एक युवाको मृत्यु भएको छ।  रुपन्देहीको देवदह नगरपालिकाको  एक क्वारन्टिनमा सुरक्षा गार्ड उनको थप उपचारका लागि अस्पताल लैजाँदै बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले जानकारी दिए। ​

प्रहरीका अनुसार देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षीय विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए।

आत्मदाहको प्रयास गरेका युवालाई  देवदह मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई पाल्पाको लुम्बिनी मेडिकल कलेजमा लैजाने क्रममा  बाटोमै मृत्यु भएको हो। 

ती युवाले मंगलबार बिहान आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.