१० हजार ८ सय ५३ जनाको नमुना संकलन
१० हजार ८ सय ५३ जनाको नमुना संकलन
काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाबाट स्वाब संकलन गरी परीक्षण गर्दा ४० जनामा कोरोना पोजिटिभ देखिएको छ। नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जनामा कोरोना देखिएको हो।
नागढुंगामा ६ हजार ६४,साँगाबाट ३ हजार ४ सय ८२ र फर्पिङबाट १ हजार ३ सय ७ जनाको नमुनाको स्वाब संकलन गरिएको थियो। कुल परीक्षण १० हजार ८ सय ५३ जनाको परीक्षण गरिएको थियो।
परीक्षण गरिएको कुल संख्याको ०.४ प्रतिशतमा कोरोना देखिएको छ। तीन नाकाबाट गरेर १० हजार ३ सय जनाको स्वाब संकलन गरिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।
२४ घण्टामा २ सय ५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएकाे नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेकाे संख्या कुल २१ हजार ९ जना संक्रमित पुगेकाे छ।
त्यस्तै, गत २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ। विभिन्न स्थानमा गरिएको परीक्षणमा मंगलबार काठमाडौंमा ४८ जनामा संक्रमण देखिएको छ। त्यस्तै भक्तपुरका १३ जना र ललितपुरमा १ जनामा संक्रमण देखिएको मंगलबारको मिडिया ब्रिफिङमा गौतमले जानकारी दिएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।