|

बाँके : मंगलबार राति १२ बजेसम्म जारी गरिएको निषेधाज्ञा शनिबार रातिसम्मका लागि थपिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले चार दिनका लागि निषेधाज्ञा थप गरेको हो।
 

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमा कोरोना फैलिने खतरा बढेकोले चार दिन थप गरिएको जानकारी दिए । सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएकोले न्यूनीकरण गर्न थप गरिएको उनले बताए । 

बाँकेमा पाँच दिनमा ६२ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.