|

कपिलवस्तु : कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले समुदायमा कोरोना जाँच गर्ने क्रममा ५ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ। 

सङ्क्रमितमध्ये १ जना एभरेस्ट बै‌का कर्मचारी, १ जना स्थानीय व्यापारी, १ जना शिक्षक र २ विद्यार्थी रहेका छन्। जिल्लामा हालसम्म ८ सय ६ जनामा कोरोना देखिएको थियो। कुल सङ्क्रमितमध्ये ७ सय ३९ जना भारतबाट, २० जना अन्य मूलकबाट र ४७ जना स्थानीय छन्।

कृष्णनगरमा १ सय ३३ जनाको नमुना संकलन गरिएको थियो। ती नमुना लुम्बिनी प्रादेशिक अस्पतालमा जाँच गरिएको थियो। समुदायका कोरोना फैलिएको जाँच गर्न जिल्लाका ६ पालिकाबाट ३ सय २० नमुना संकलन गरिएको थियो। 

४ स्थानीय तहका ५८ जना सङ्क्रमित उपचारका लागि आइसोलेसन भर्ना भएका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.