अस्पतालमा कार्यरत कर्मचारीमा पनि संक्रमण

|

जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा १४ नेपाली सेनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सामाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीमा कुल १५ संक्रमित थपिएका छन्। जसमध्ये जलेश्वरस्थित रणभिम गण प्रकौली ब्यारेकका १४ नेपाली सेनामा कोरोना पुष्टि भएको हो। सम्सी गाउँपालिका घर भएका प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत एक कर्मचारीसमेत संक्रमित भएका छन्।

यस्तै धनुषामा १२ संक्रमित थपिएका छन्। जसमध्ये माछापुच्छ«े बैंक जनकपुरका एक महिलासहित ३ जना कर्मचारीमा संक्रमण भएको छ। संक्रमितमध्ये एक जना जनस्वास्थ्य कार्यालयका कर्मचारी हुन्।

यस्तै सप्तरीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सातै जना राजविराज नगरपालिकाका छन्। महोत्तरी र सिरहामा भने एक÷एक जना संक्रमित थपिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.