|

काठमाडौं : इङल्याण्डसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आयरल्याण्डले जितेको छ। गएराति साउथह्याम्पटनमा भएको खेलमा आयरल्याण्ले इङल्याण्डमाथि ७ विकेटको जित निकालेको हो। टस जितेर बलिङ रोजेको आयरल्याण्डले ३२९ रनको लक्ष्य ४९ दशमलव ५ ओभरमा भेट्टाएको थियो। 

इङल्याण्डका कप्तान ओइन मोर्गानले १०६ रनको योगदान गरेपनि टोलीलाई जित दिलाउन सकेनन्। आयरल्याण्डको जितका लागि पाउल स्र्टलिङले १४२, एन्डी बालविर्नेले ११३ रन बनाए। तीन खेलको श्रृंखलामध्ये इङ्ल्याण्ड २–० ले अगाडी थियो।  

तेस्रो खेलमा आयरल्याण्डले सान्त्वना जित निकालेर सृङखला अन्त्य गरेको छ । 
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.