|

बोस्टन (अमेरिका) : अमेरिकाको मिनेसोटामा पानीमा डुबेर शनिबार विराटनगरका आशुतोष दाहालको मृत्यु भएको छ।

उनी शनिबार स्थानीय बिग लेकमा ट्युबिङ्ग गर्न गएका थिए। लगभग साँझ पौने आठ बजे पानीमा खसेका थिए। सुरक्षाकर्मी र उद्धारकर्मीहरुले दाहालको शव राती ९:३० मा फेला पारेका हुन्‌।

कोभिड-१९ का कारण आफन्त आउन नसक्ने भएकाले दाहालको अन्तिम संस्कार यतै गर्ने र अस्तु नेपाल पठाउने जानकारी एसोसिएसन अफ नेपाली इन मिनेसोटाले दिएको छ।

२४ वर्षीय दाहालले स्थानीय सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट हालै ग्य्राजुएट गरेका थिए। उनको परिवार अहिले काठमाडौं बस्दै आएको छ। 
 

डुबेर ज्यान गुमाउने क्रम बढ्दो

पानीसँग सम्बन्धित दुर्घटनामा परेर अमेरिकामा नेपाली मूलका युवा-युवतीहरूले ज्यान गुमाउने क्रम बढेको छ।

२०१९ को जुनमा टेक्सस राज्यमा २३ वर्षीया पूजा थापाले यस्तै दुर्घटनामा ज्यान गुमाएकी थिइन्‌। यस्तै, जुलाई २०१९ मा म्यासच्युसेट्स राज्यमा १७ वर्षीय अपूर्व देवकोटाको पनि पानीमा डुब्दा ज्यान गएको थियो।
२०२० को मे महिनामा मेरिल्याण्ड राज्यमा २५ वर्षीय आशिष केसीले ज्यान गुमाएका थिए। जुलाईमा १९ वर्षीय हिकारू गौतम तथा १९ वर्षीय त्रिशरण खत्रीको टेक्ससमा निधन भएको थियो। टेक्ससमै २३ वर्षीया अश्मिता खनालको पनि पानीमा डुब्दा निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.