|

लमजुङ : राहदानी वितरणबाट लमजुङमा गत आर्थिक वर्षमा साढे एक करोड रुपैयाँ राजस्व संकलन भएको छ। 

जिल्ला प्रशासन कार्यालयका अनुसार २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म राहदानी वितरणबाट एक करोड ३० लाख २४ हजार ५२४ रुपैयाँ राजस्व संकलन भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार उक्त अवधिमा दुई हजार ४६४ जनाले साधारण राहदानी लिएका छन्। सो अवधिमा जिल्लाबाट आठ ८२३ जनाले द्रुतसेवामा राहदानी लिएको प्रशासनले जनाएको छ।
 
अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा लमजुङमा तीन हजार ७९८ जनाले राहदानी लिएका थिए। यस वर्ष कोरोना भाइरस संक्रमण र संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण लामो समय सेवा प्रवाह बन्द हुँदा अघिल्लो वर्षभन्दा २०७६÷७७ मा राहदानी लिनेको संख्या घटेको सहायक प्रजिअ सुनारले बताए।

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा लमजुङबाट तीन हजार ४२४ जनाले साधारण राहदानी र एक हजार ७६९ जनाले द्रतसेवामा राहदानी लिएका थिए। उक्त अवधिमा एक करोड ७९ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.