|
फाइल फोटो

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई आफू कुनै पनि गुटमा नलाग्ने जवाफ फर्काएका छन्।  
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि पुन: लकडाउन गर्ने या के गर्ने विषयमा जनस्वास्थ्य विज्ञसहितको छलफलमा सहभागी हुन बोलाइए पनि प्रचण्ड वामदेवलाई भेट्न भैंसेपाटी पुगेका थिए। 

वामदेवका सहयोगी विश्व मणि सुवेदीले यसबारेमा आफ्नो फेसबुकमा लेखेर थप स्पष्ट पारेका छन्।  प्रचण्ड र गौतमको भेटलाई निकै अर्थपूर्ण हेरिएको छ। प्रचण्ड, माधव नेपालको गुटबाट बाहिरिएर एकाएक अर्का अध्यक्ष केपी ओलीको गुटमा गएपछि मंगलबार प्रचण्ड भैंसेपाटी गएर गौतमलाई भेटेका थिए। उक्त भेटबाट निकै टीकाटिप्पणी भइरहेको छ।  

सुवेदीले लेखेका छन्, ‘उक्त भेटमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको हो।’ 
 उनले भेटबारे निकै टिकाटिप्पणी भएपछि यसबारे उनको सचिवालयको तर्फबाट स्पष्ट पनि पारेका छन्।  

‘स्मरणीय छ कि,साउन १३ गते उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्षसमक्ष राख्नुभएको प्रस्तावउपर सोही दिन पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारि सक्नुभएको थियो,’ उनले लेखेका छन्, ‘२० गते पार्टीका अर्का अध्यक्ष प्रचण्ड उपाध्यक्षलाई भेट्न जानुहुँदा उपाध्यक्ष वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो।’ 

गौतमले यति भनि सकेपछि प्रचण्डले गौतमलाई अब के गर्नुहुन्छ भनेर सोधेको उनले उल्लेख गरेका छन्।  ‘प्रचण्डले अब तपाईं के गर्नुहुन्छ? भनी सोध्नुभयो,’ उनले लेखेका छन्, ‘उपाध्यक्ष वामदेव गौतमले म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष प्रचण्डलाई बिदाइ गर्नुभयो।’  

विश्वमणिको स्टाटस जस्ताको तस्तै :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.