क्वारेन्टाइनलाई आइसोलेसन बनाउने तयारी

|

काठमाडौं :  मुलुकभर कोरोना संक्रमित संख्याको ग्राफ उकालो लाग्ने क्रम जारी छ। संख्या बढेसँगै लक्षण सहित र लक्षण बिनाको संक्रमितको संख्याले अस्पतालको बेड भरिँदै गएको छ।

लक्षण नदेखिएका संक्रमितहरुलाई अस्पतालमा उपचार गर्न भर्ना गरेपछि देशभरका अधिकांश कोभिड अस्पतालमा उपचाररत बेडको अभाव हुँदै गएको छ। यतिखेर काठमाडौं उपत्यकालगायत मुलुकभरका अस्पतालमा संक्रमितको संख्याले अस्पतालको बेड भरिँदै गएको हो। शुक्रराज तथा सरुवा रोग अस्पतालको बेडमा बिरामी भरिएर आइसियुमा राखेर उपचार गर्न थालिएको छ। 

लक्षण भएका भन्दा बढी सामान्य लक्षण भएका संक्रमितको भर्नाले अस्पतालमा उपचार गर्न जानेको लागि बेडको अभाव हुँदै गएको पाइएको छ। तर, लक्षण नभएका संक्रमित घरमा नबसी अस्पतालमा उपचार गराउन जाँदा बेड अभाव हुदै गएको हो। स्वास्थ्य मन्त्रालयले लक्षणविहीन स‌ंक्रमितलाई होम आइसोलसनमा बस्न आग्रह गरेकाे छ। 

सरकारले संक्रमितमा लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई छुट्टै आइसोलेसन केन्द्र वा घरमै आइसोलेसनमा राख्न सकिने भएकाले आइसोलेसन केन्द्रमा आवश्यक न्यूनतम मापदण्ड तोकिसकेको छ।

आइसोलेसन केन्द्रमा लक्षण नभएका वा सामान्य लक्षण भएका व्यक्ति मात्र राख्नुपर्ने, ६० वर्षभन्दा माथिका दीर्घ रोगीहरु भएमा छुट्टै क्लिनिकमा राखी निगरानी गर्नुपर्ने, केन्द्रमा राखिएका संक्रमितहरुको एक दिनमा तीन स्वास्थ्य परीक्षण गर्नुपर्ने, आइसोलेसन केन्द्रमा बस्नेका बीचमा दुई मिटरको दूरी कायम गरी राख्नुपर्ने व्यवस्था पनि गरिसकेको छ।

जिल्लाका कतिपय स्थानीय निकायले विगतमा भारत र तेस्रो मुलुकबाट आएका नेपाली कामदारलाई राख्न बनाइएको क्वारेन्टाइनलाई आइसोलेसन उपचार केन्द्र बनाउने तयारी गरेका छन्।

लक्षण रहित संक्रमित हुँदा अस्पतालमा बेड अभाव

संक्रमण भएको प्रमाणित हुनासाथ अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको धरानस्थित विपी कोइराला प्रतिष्ठानमा बेडको अभाव हुदै आएको प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए।

लक्षणविहीन का ७६ संक्रमित छन्। 'अस्पतालमा उपचार गर्न आउनेलाई लिन नमिल्ने भन्ने कुरा आउदैन,' उनले भने। लक्षण बिनाको संक्रमितको संख्या बढ्दा लक्षण सहित का संक्रमितले उपचार गर्ने बेड नपाउन प्रवक्ता सापकोटाले बताए। हाल विपि क्याम्पमा संक्रमित सहितको संख्या ५ जना छन्।

अस्पताल ठूलो भएपनि अन्य रोगका बिरामीलाई उपचार गर्नुपर्ने भएकोले सबै संक्रमितलाई एकै ठाउँमा राखेर उपचार गर्न नसकिने उनले बताए। 'लक्षण बिनाको संक्रमितलाई व्यवस्थापन गर्न केन्द्र सरकारले तत्काल केही निर्णय गर्नुपर्ने हुन्छ,' उनले भने। कोभिड आइसोलेसनको १ संक्रमितलाई आइसियुमा राखी उपचार गरिरहेको उनले जानकारी दिए।

कोशीमा बेड प्याक

दैनिक जसो अस्पतालमा उपचार गर्न आउने संक्रमितको संख्या बढदै गएकोले बेडको अभाव हुँदै गएको कोशी अस्पतालका निर्देशक चुमनलाल दास बताउँछन्। अस्पताल प्रशासनले कोभिड-१९ का संक्रमितलाई उपचार गर्नलाई थप २ सय बेडको भवन बनाउने तयारी गरिरहेको उनले जानकारी दिए।

अस्पतालमा बेडको अभाव भएको प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी दिइसकेको उनले जानकारी दिए। अस्पतालको सबै बेड भरिभराउ रहेको उनले जानकारी रिकभरी १०, आइसियु १० र भेन्टिलेटर ५ गरेर २५ वटा बेड सञ्चालित छन्। उपचाररत वृद्ब उमेरका मानिसमा ज्वरो,दम,छाती दुख्ने लक्षण रहेको पनि उनको भनाइ छ।

पर्सामा लक्षण नभएका विद्यालय र घरमा

पर्सामा लक्षण नदेखिएका संक्रमितलाई सिदार्थ विद्यालयको आइसोलेसन र होम आइसोलेसनमा चिकित्सकको निगरानीमा राखी उपचार गरिरहेको पर्सा जिल्लाका कोरोना फोकल पर्सन जयमुद ठाकुरले जानकारी दिए।

लक्षण सहित का संक्रमितलाई मात्र वीरगञ्जका ३ वटा अस्पतालमा राखी उपचार गरिरहेको ठाकुरले बताए। उनले भने, गण्डक अस्पतालमा ७०, वीरगञ्ज हेल्थ केयरमा १०० र नारायणी अस्पतालमा ७० बेड छन। अहिलेलाई विरगञ्जमा बेडको अभाव छैन।' लक्षण बिनाको संक्रमितलाई अस्पतालमा भर्ना गर्ने हो भने अस्पतालमा बेडको अभाव हुने उनको दाबी छ।

लक्षण भएकाको मात्र उपचार

बाँकेको सुशील कोइराला अस्पतालमा लक्षण भएका संक्रमितलाई मात्र राखी उपचार गरिँदै आएका भेरी अस्पतालका डा. प्रकाशजंग शाहले बताए। लक्षण नभएको संक्रमितलाई अस्पतालमा उपचार नगरिएको उनको भनाइ छ। भेरी अस्पतालमा लक्षण भएका संक्रमितलाई राखी उपचार गरिएको उनले जानकारी दिए। १ संक्रमितलाई वार्डमा अक्सिजन दिएर राखिएको छ,' उनले भने।

संक्रमितको बढे बेड छैन्

अस्पतालमा संक्रमितको संख्या विगतको दिनमा भन्दा अहिले धेरै कम रहेकोले उपचार गर्न समस्या नरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजन प्रसाद खनालले बताए।

उनले भने,' संक्रमितको संख्या बढदै जाने हो भने अस्पतालमा उपचार गर्नको लागि सामान्य र आइसियु बेडको अभाव हुन्छ। हालसम्म अस्पतालमा लक्षणसहितको संक्रमितलाई उपचार गरिरहेको छौ।'  कोभिड संक्रमितको उपचार गर्नलाई ३६ बेड बनाइएको र १८ वटा आइसियु निर्माण गरिएको उनले जानकारी दिए।

अस्पतालको जेनरल आइसोलेसनमा २ र आइसियुमा २ जनालाई राखी उपचार गरिरहेको उनले बताए। तत्कालै संक्रमितको संख्या बढेपनि अस्पतालले व्यवस्थापन गर्न सक्ने उनको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.