|
फाइल फोटो

पर्सा :   पर्सामा आज १३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। समूहमा कोरोना पुगेको पर्सामा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित १ सय १६ जना नयाँ संक्रमितमा थपिएका छन् । त्यस्तै सिमरामा १७ नयाँ संक्रमित थपिएका हुन्। नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा २४ घण्टामा गरिएको परीक्षण उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको अस्थायी कोभिड बिशेष अस्पताल गण्डकका इन्चार्ज डा निरज कुमार सिंहले जानकारी दिए। 

थपिएका नयाँ संक्रमितहरुमा सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, वीरगन्ज कारागारका कैदीबन्दी, स्वास्थ्यकर्मी र वीरगन्ज महानगरपालिका वडा नम्बर १, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १५, १६, २५, २७ लगायत जिल्लाका जिराभवानी, जगरनाथपुर गाउँपालिकासहितका पालिकाका पनि मानिस रहेको उनको भनाइ छ ।

पर्सामा थपिएका दुवै जिल्लाका नयाँ संक्रमितहरुमा २४ जना महिला र ९२ जना पुरुष रहेको नारायणी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए । । संक्रमितहरु ५ बर्षदेखि ७४ बर्ष उमेर समूहका रहेको उनले जानकारी दिए।

अस्पतालको बेड संख्याभन्दा नयाँ संक्रमित थपिने क्रम बढि भएकोले संक्रमित बिरामीको व्यवस्थापन अस्पतालमा मात्र सम्भव नभई संक्रमितको घरमा नै राख्ने व्यवस्था गर्न थालिएको नारायणी अस्पतालले जनाएको छ । लक्षण नदेखिएका बिरामीलाई भने घरमा नै आइसोलेशनमा बस्ने सल्लाह दिने वाहेक अस्पतालको अर्को उपाय नभएको  उनको भनाई छ। पर्सामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि उच्च छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.