|
फाइल फोटो

रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार  (साउन २४) देखि ३२ गते सम्मको लागि रौतहट जिल्ला भरिमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ। छिमेकी जिल्ला बारा,सर्लाही र पर्सामा कोरोनाको संक्रमण बढेपछि बुधबार बसेको सुरक्षा समितिको बैठकले रौतहटमा पनि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको  हो।

रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्लालाई नै निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन्।

अत्यावश्यक काम बाहेक रौतहट जिल्लामा २४ गतेदेखि ३२ गतेसम्म पूर्णरूपमा निषेधाज्ञा गरिने निर्णय भएको प्रजिअ घिमिरेले जानकारी दिए। हाललाई साउन ३२ गतेसम्ममा निषेधाज्ञा गरिने निर्णय भएपनि त्यसपछि के गर्नेभन्ने बारे सुरक्षा समितिको बैठकले निर्णय गर्ने सिडियो घिमिरेले बताए।

पछिल्लो समयमा रौतहटमा पनि समुदायमा संक्रमण देखिरहेको अवस्था छ। मानिसहरूको आवतजावत हुनाले संक्रमण हुने जोखिम बढेकाले यो निर्णय गरिएको हो।

यता रौतहटको राजदेवि नगरपालिकामा भोलि बिहीबारदेखि सम्पुर्ण कार्यालयहरु बन्द हुने भएका छन्। सो नगरपालिकाको वाड नं. ५ का वडा अध्यक्षलाई कोरोना संक्रमित पुष्टि भएपछि राजदेवी नगरपालिकामा समुदाय स्तरमा नै कोराना भाइरस फैलिएको भन्दै सो नगर क्षेत्रका सम्पुर्ण कार्यालयहरु बन्द गर्ने निर्णय गरेको नगर प्रमुख धिरेन्द्र सिहले जानकारी दिए।

वडा अध्यक्ष व्‍यक्तिगत कामले काठमाडौं जानुपर्ने भएपछि स्वास्थ्य परीक्षण गर्दा  कोरोना पुष्टि भएको थियो।

संक्रमित वडा अध्यक्षका श्रीमतीको करेन्ट लागेर मृत्यु हुँदा मलामी गएका सांसददेखि सर्वसाधरण अनुमानित ३ सय भन्दा बढी नागरिक सहभागी रहेको जनाइएको छ। सम्पर्कमा आएकाहरु मध्येको स्वास्थ्य परीक्षण गराउँदा ४ जनामा मंगलबार कोरोना पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.