|

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २२७ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ८ जना आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारी छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार मन्त्रालयका ८ कर्मचारीसहित धनुषामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मुख्यमन्त्री कार्यालयको क्वारेन्टाइनका समेत एक जनामा संक्रमण देखिएको छ। 

यस्तै प्रादेशिक अस्पताल जनकपुरमा समेत ६ कोरोना संक्रमित थपिएका छन्। यसअघि अस्पतालका २ डाक्टर र सात नर्ससहित २२ जनामा कोरोना पुष्टि भइसकेको छ।

यस्तै जनकपुरस्थित माछापुच्छ्रे बैंकमा कार्यरत थप तीन कर्मचारी कोरोना संक्रमित भएका छन्। यसअघि समेत ४ कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ। धनौजी गाउँपालिकाका ३ जना र जनकपुरधाम उपमहानगरपालिकाका ४ जनामा समेत कोरोना पुष्टि भएको छ।

यस्तै महोत्तरीमा १४ कारोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार भंगहा नगरपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको छ। जलेश्वर नगरपालिका, बर्दीबास नगरपालिका र एकडारा गाउँपालिकामा १÷१ जना संक्रमित भएका छन्।

यस्तै पर्सामा सबभन्दा बढी १४७ कोरोना संक्रमित थपिएका छन्। पर्साको वीरगन्ज उपमहानगरमा ९२ जना, वडा प्रहरी कार्यालय विर्ताका एक प्रहरी, इलाका प्रहरी कार्यालय प्रसौनीका ४ जना, आर्मी व्यारेकका १ सेना, सशस्त्र प्रहरी बल भन्सारका ४ कर्मचारी र जीराभवानी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ।

पर्साकै वीरगन्ज कारागारका प्रमुखसहित ३० कर्मचारी, वीरगन्ज चिनी मिलका ५ जना र नारायणी अस्पतालका १ कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ। यस्तै बारामा १९ जना, सप्तरीमा १ जना, सिरहामा ४ जना र सर्लाहीमा १९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.