काठमाडौं : सर्वोच्च अदालतका एकजना सवारी चालकलाई कोरोना संक्रमण भएको छ। १८१ जना कर्मचारीमा गरेको कोभिड-१९ परीक्षणमा ती सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
सर्वोच्च अदालतमा सह-प्रवक्ता देवेन्द्र अधिकारीका अनुसार आइतबार १८१ जना कर्मचारीमा पिसिआर परीक्षण गरिएको थियो। त्यसमध्ये १८० जनामा कोभिड-१९ नेगेटिभ देखिएको हो। तर एकजना सवारी चालकमा भने कोरोना पुष्टि भएको छ।
सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएको छैन। तर एक जना चालकमा कोरोना देखिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।