चाडवाड मनाउन पनि नियम ल्याइँदै

|

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आगामी भदौ १ गतेदेखि खुल्ने भनिएका हवाईजहाज, लामो दूरीका सवारी साधन र विद्यालयबारे पुन: सोचिने बताएका छन।

मन्त्री ढकालले चाडपर्वहरूको समय उल्लेख गर्दै उनले चाडपर्व मनाउने प्रोटोकल पारित भइसकेको बताए।

मन्त्रालयद्वारा बुधबार विभिन्न सञ्चार गृहका सम्पादकहरूसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पिसिआर जाँच गरिने जानकारी दिए।

खुला सिमाना भएको र भारतका नेपालसँग जोडिएका प्रान्तहरुको अवस्था हेरी हाम्रो अवस्था निर्धारण हुने बताउँदै बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन्।

तराईका जिल्लामा संक्रमणको संवेदनशीलतालाई हेरी कडाइका साथ व्यवस्थापन गरिने जानकारी दिए।

मन्त्री ढकालले आवश्यकता अनुसार परीक्षण गर्दै लगिने र सीमाबाट हिँडेर आउनेलाई १४ दिन क्वारेन्टिनमा राखिने र हवाइजहाजबाट आउनेलाई पाँच दिन राखि पिसिआर टेष्ट गरिने बताए।

उनले बन्दाबन्दीबाट मुक्त भएकाहरु हुनुपर्ने जति सावधान नभएको हुँदा जोखिम बढेको बताउँदै अब पहिले जस्तो एकनासले बन्दाबन्दी नहुने स्पष्ट गरे। 'बन्दाबन्दीको मोडालिटीबारे सोचिने छ', उनले भने।  

उनले मन्त्रालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न गराउन तयार रहेको बताउदै आफू पैसा कमाउनका लागि यो पद र अवसरको कुनै हालतमा उपयोग नगर्ने बताए।

मन्त्री ढकालले अनियमितताको चलखेल गर्न नपाउनेबाट नै अनियमितताको हल्ला चलाइएको दावी गर्दै उनले महामारीको घृणा गर्नको बदला महामारीविरुद्ध लाग्नेलाई खेदो गरिएको गुनासो गरे।

मन्त्री ढकालका अनुसार कोरोनाबाट मृत्यु हुने प्रतिशत नेपालमा शून्य दशमलव २७ मात्र छ जुन विश्वका अन्य मुलुकका दरभन्दा कम छ।

विश्व स्वास्थ्य सङ्गठन र केही मुलुकले नेपालमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापन राम्रो बताएको उल्लेख गर्दै उनले हल्लाका भरमा होइन आफू नतिजाहरुले यस्तै देखाएको बताए।

खर्च विवरण साप्ताहिक रुपमा दिइने

सो अवसरमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना नियन्त्रण एवं रोकथाममा भएका खर्चको साप्ताहिक विवरण दिने तयारी भइरहेको जानकारी दिए।

उनले जोखिम नियन्त्रणका लागि समन्वय, सञ्चार र समुदायको सहभागितामा जोड दिइने बताए। सचिव अर्यालले सातै प्रदेशमा अक्सिजन प्लान्ट राख्ने तयारी भइरहेको पनि बताए।

सवारी साधनमा जोरबिजोर लागु गर्ने, हिँडडुलमा नियन्त्रण गर्ने, मानिस प्रवेश गर्ने २० नाकालाई १० मा झार्ने र  विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्ने बारे सोचाइ भइरहेको  जानकारी दिएका थिए। 

मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले भेन्टिलेटर मात्र नभई अक्सिजन  आपूर्ति प्रशस्त हुनुपर्ने बताउँदै कसैमा ५७ दिनपछि पिसिआर जाँच गर्दा पुनः कोरोना पोजेटिभ भएको जानकारी दिए।

डा. कार्कीले १४ दिन क्वारेन्टाइनमा बस्दा पनि लक्षण नदेखिए परिक्षण आवश्यक नहुने विश्व स्वास्थ्य संगठनको नियम रहेको बताए।  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संचार जगतको रचनात्मक सुझाव र सहयोगको आशा व्यक्त गरे। लागि आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.