तनहुँ : आँगनमा खेल्दै गरेका डेढ वर्षीय बालक बालकको चितुवाको आक्रमणमा परी ज्यान गएको छ। शुक्लागण्डकी–२ मसारका स्थानीय विष्णुबहादुर रानाका छोरा नारायणलाई बुधबार आँगनबाटै चितुवाले लगेको हो।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार बुधाबार मध्यरातमा उनको हात र टाउको मात्र भेटिएको छ। ती दुवै अंग घरबाट झण्डै दुई किलोमिटर पर जङ्गल नजिकै भेटिएको उनले बताए।
झिसमिसे साँझमा आक्रमण भएको स्थानीयको भनाइ छ। यसअघि पनि शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बाल बालिकाको ज्यान गइसकेको छ। पछिल्लो दुई वर्षको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट १० बालबालिकाको ज्यान गएको छ भने आठ जना घाइते भएका डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।