|

काठमाडौं : नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले सुरक्षाका विधिहरु अनिवार्य पालना गर्न भनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले अहिलेकै जसरी संक्रमण दर बढ्दै गएमा नेपालमा रहेको स्वास्थ्य संस्थाहरुले धान्‍न नसक्ने बताएका हुन्। 

‘संक्रमण बढ्दै गएमा हाम्रा स्वास्थ्य संस्थाहरुले धान्‍न सक्दैनन्,’ नियमित प्रेस ब्रिफिङमा उनले भने, ‘स्वास्थ्यकर्मीहरुले अनिवार्य जनस्वास्थ्यको प्रोटोकलहरु पालना गर्नुपर्नेछ। स्वास्थ्यकर्मीहरुलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाइनु पर्नेछ।’ 

त्यस्तै उनले सीमा क्षेत्रमा सचेत हुन पनि भनेका छन्। ‘भारतसँग सिमा जोडिएका क्षेत्रमा संक्रमणको जोखिम बढि भएकोले प्रदेश सरकारले स्थानीय सरकारले आवश्यक तयारी गर्नुपर्ने छ’, उनले भने। उनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि भनेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.