|

काठमाडौं :  केही दिनयता काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना संक्रमण फैलिँदै गएको छ। लकडाउन अघिसम्म एक दुईको संख्यामा भेटिने संक्रमित एक सातायता दैनिकजसो ५० भन्दामाथि भेटिन थालेका हुन्। 

  तीन दिनयता कोरोना संक्रमित दैनिक जसो ६० भन्दा माथिको संख्यामा भेटिन थालेका हुन्। बितेको २४ घन्टायता काठमाडौं उपत्यकामा  ८७ जनामा कोरोना भाइस पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले आज उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएको बताएका हुन्।

उनका अनुसार केन्द्रीय प्रयोगशालाको परीक्षणमा ‍ काठमाडौंका २५ जना,  टेकु अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १५, भक्तपुरका १ ललितपुर १ यस्तै स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ र ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना डिआई प्रयोगशालामा ललितपुरका ६ जना वीर अस्पतालको परिक्षणमा काठमाडौंका ३ जना ह्याम्स अस्पतालको परिक्षणमा काठमाडौंका ९ जना र ललितपुरको १ जना र वीरेन्द्र सैनिक अस्पतालको परिक्षणमा काठमाडौंको १ जना अन्य एक जना गरेर ८७ जनामा कोरोना पुष्टि भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म  संक्रमित हुनेको संख्या कुल २१ हजार ७ सय ५० जना संक्रमित पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।  जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्।

 हाल नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेका छन्। त्यस्तै,  २४ घण्टामा  २ सय  ३३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.