कुल संख्या ६५ पुग्‍यो

|
फाइल फोटो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको हो। ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

यस्तै, मोरङको विराटनगर महानगरपालिका ४५ पुरुषको पनि कोसी अस्पतालमै साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो। सर्लाहीको मलंगवा ८ का ६५ वर्षिया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको उहाँले बताउनुभयो। यस्तै धनुषा मिथिला नगरपालिका १० का ७२ वर्षिया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पताल काठमाडौंमा मृत्यु भएको हो। दम उच्च रक्तचापका बिरामी उनमा निमोनियाको पनि समस्या थियो।

यस्तै, सप्तरीका ४२ वर्षीय पुरुषको साउन २१ गते निधन भएको प्रवक्ता डा. गौतमले बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

३ सय ६० थपिए

बिहीबार नेपालमा ३ सय ६० जना जना कोरोना भाइरस संक्रमित थपिएका छन। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ। आज ६ हजार ६ सय २२ गरी आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ।

अहिले देशभरीका अस्पतालहरुमा ६ हजार २ सय ९६ जना उपचाररत रहेका छन। प्रदेश नम्बर १ मा ३ सय ५८ जना, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९३, बागमती प्रदेशमा ८ सय ३५ र गण्डकी प्रदेशमा २ सय ८० जना संक्रमित उपचाररत रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७७, कर्णाली प्रदेशमा २ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ९० जना सक्रिय संक्रमित उपचाररत रहेका छन।

३ सय ३३ डिस्चार्ज

बिहीबार ३ सय ३३ जना संक्रमित डिस्चार्ज भएका छन। आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ। प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा ३ हजार २ सय ३४ र बागमती प्रदेशमा ५ सय ९१ जना डिस्चार्ज भएका छन। यस्तै गण्डकी प्रदेशमा १ हजार ३ सय ६२, प्रदेश नम्बर ५ मा ४ जहार ९७, कर्णाली प्रदेशमा १ हजार ७ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९१ जना संक्रमित निको भएर डिस्र्चाज भएका छन्।

क्वारेन्टिनमा ९ हजार ४ सय ७०

देशभरिका क्वारेन्टिनमा ९ हजार ४ सय ७० जना रहेका छन। प्रदेश नम्बर १ मा १ हजार ६ सय ५०, प्रदेश नम्बर २ मा १ हजार २ सय ८, बागमती प्रदेशमा ७ सय ८४ र गण्डकी प्रदेशमा २ हजा ५ सय ६४ जना क्वारेन्टिनमा रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय १२, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २६ जना क्वारेन्टिनमा रहेका छन्।

सतर्क रहन आग्रह

स्वास्थ्य मन्त्रालयले उपत्यकामा संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ। दिनदिनै संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारी, सामुदायिक तथा नीजि कार्यालयहरुमा बैठक, गोष्ठि, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गरे। गर्नैपर्ने अवस्थामा भर्चुअल बैठक गर्न उनले अपिल गरे। यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिकाहरुलाई सावधानी अपनाउन आग्रहसमेत गरे।

उपत्यकालगायत घनावस्ती भएका क्षेत्रमा संक्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकितसक लगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ। संक्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्ने अवस्था नभएकाले रोग लाग्न नदिन बेलैमा होस पुर्‍याउन उनले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.