|

इलाम : सशस्त्र प्रहरी बल नं. १ गण इलाममा कार्यरत थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जवान हुन्। 

अन्तिम चरणको ३७ जनाको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए । योसँगै इलाममा ४७ सशस्त्रमा संक्रमण पाइएको छ। 

आज भेटिएका संक्रमितमध्ये १० जनालाई पूर्वाञ्चल विश्वविद्यालयको कोरोना अस्पताल गोठगाउँ र ६ जनालाई मेची अञ्चल अस्पताल लग्ने तयारी भइरहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.