|

काडमाडौं : चाइनीज मोबाइल कम्पनी भिभो आइपिएलमा यो पटक टाइटल स्पोन्सर नहुने पक्का भएको छ। 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले बिहीबार भिभोसँगको सम्झौता रद्द गरेको हो। उसले छोटो नोट जारी गर्दै सम्झौता रद्द गरेको जानकारी दिएको हो। भिभोले २०१८ मा २१९० करोड भारतीय रुपैंयामा ५ वर्षका लागि सम्झौता गरेको थियो।

जुन २०२२ मा समाप्त हुने कार्यतालिका रहेको थियो। यो डिल अनुसार भिभोले हरेक वर्ष बिसीसीआइलाई ४४० करोड भारतीय रुपैंया दिंदै आएको थियो। अब बीसीसीआइले नयाँ टाइटल स्पोन्सरका लागि टेन्डर जारी गर्ने छ। मिडिया रिपोर्ट अनुसार आइपीएल तथा भिभोबीच आगामी वर्ष पुन नयाँ सम्झौता गर्ने सहमतीमा अहिलेलाई सम्झौता अन्त गरिएको जनाइएको छ।

भाजपाको दबाब

आइपीएल आगामी १९ सेप्टेम्बर देखी १० नोभेम्बर सम्म युएईमा हुने कार्यतालिका रहेको थियो। आइपीएल चर्चामा आएसँगै भिभोसँगको सम्झौतालाई लिएर विवाद सुरु भएको थियो। विशेष गरेर भारतीय सतारुढ दल बिजेपी समर्थकहरुले चाइनीज प्रायोजन बन्द गर्नु पर्ने आवाज उठाएका थिए भने राष्ट्रिय स्वंयसेवक संघ समेत धेरै संगठनहरुले भिभोसँगको सम्झौता रद्द नगरे आइपीएलनै रद्ध गर्ने चेतावनी दिँदै आएका थिए। 

केही महिना अघि गलवान घाटीमा २० भारतीय सेना चिनिया सेनासँगको भिडन्तमा मारिएपछि पछिल्लो समय भारत चीन विवाद उत्कर्षमा पुगेको थियो। त्यसपछि भारतले सयौं चिनिया एपहरु बन्द गर्यौ। भने कराेडौँका प्रोजेक्टहरू समेत रद्ध गरेको थियो। जसका कारण पछिल्लो समय भाजपा सरकारलाई भिभोसँगको सम्झौता रद्द गर्न दबाब पर्दै गएको थियो। 

भारतीय बजारमा चीनको दबदबा

पछिल्लो समय भारतीय बजारमा चिनिया स्मार्टफोनको बजार अत्याधिक रहेको छ। जसमा साओमी, भिभो, ओपो लगायत फोनको दबदबा बढीरहेको छ। विज्ञापन बजारमा पनि चाइनिज ब्रान्ड ओप्पोको ठुलो हिस्सा रहँदै आएको छ।

ओप्पोले ७०० करोड वर्षेनी खर्च गर्दै आएको छ। त्यस्तै साओमीले २०० करोड भारतीय बजारमा विज्ञापनका लागि खर्च गर्दै आएको छ। पछिल्लो वर्ष भिभोले आइपीएलको स्पोरन्सर मार्फत ४४० करोड खुद नाफा आर्जन गरेको थियो। आइपीएलमा एक सिजनमा चाइनिज टिभी ब्रान्डहरुले १२७ करोड बढी खर्च गर्ने गरेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.