|

स्याङ्जा : आँधिखोला गाउँपालिकामा बुधबार साँझदेखि सलह कीराले सताएपछि कृषकले कीरा छोप्न थालेका छन्। कीराले धान कोदो तरकारी लगायत बाली नष्ट गरेपछि कृषकले आफ्नो खेतबारीबाट सलह कीरा छोप्न थालेका हुन्। 

सलह नियन्त्रणका लागि गाउँपालिकाले प्रोत्साहनस्वरूप प्रतिकेजी ३ सय रुपैयाँ दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बिहीबार र शुक्रबार मात्र २५ कृषकले ५५ किलो सलह पालिकाको कृषि शाखामा बुझाएका छन्। 

उनीहरुलाइ प्रतिकेजी ३ सय रुपैयाँका दरले १६ हजार पाँच सय रुपैयाँ प्रोत्सहानस्वरुप प्रदान गरिएको गाउँपालिका अध्यक्ष सधीर कुमार पौडेलले बताए। सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्न समस्या हुन सक्ने भएकोले किसानलाई सचेत बनाइएको कृषि शाखा प्रमुख अर्जुन चापगाँइले बताए। 

आँधिखोलाका वडा नम्बर २ र ५ मा कीराले बढी क्षति गरेको छ। पालिकामा ल्याइएको कीरालाई खाडलमा पुरेर व्यवस्थापन गरिएको छ। यसअघि पनि सलह छोपेर ल्याएबापत गाउँपालिकाका ४ बालबालिकाले १ सय २० रुपैयाँ प्राप्त गरेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.